चलचित्र विकास बोर्डले २०८१ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरूको आधिकारिक कमाइ सार्वजनिक गरेको छ।
बोर्डले उपलब्ध गराएको जानकारी अनुसार २०८१ मा ८३ विदेशी फिल्म नेपालमा प्रदर्शन भएका थिए। जसमध्ये दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म 'पुष्पा २' नेपाली बक्स अफिसमा धेरै कमाइ गर्ने विदेशी फिल्म बनेको छ।
पुष्पा २
२६ करोड ४४ लाखबढी कमाउँदै अल्लू अर्जुनको 'पुष्पा २' धेरै कमाउने पहिलो फिल्म बनेको छ। ‘पुष्पा २’ को ८ लाख ४४ हजारबढी टिकट बिक्री भएको छ।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
कल्की २८९८ एडी
दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'कल्की २८९८ एडी' धेरै कमाउने दोस्रो विदेशी फिल्म बनेको छ। ३ लाख ५९ हजारबढी टिकट बिक्री गर्दै फिल्मले १२ करोड ५७ लाखबढी कमाएको छ।
नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ।
स्त्री २
बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म 'स्त्री २' धेरै कमाउने तेस्रो विदेशी फिल्म बनेको छ। २ लाख ५५ हजारबढी टिकट बिक्री गर्दै फिल्मले ८ करोड ११ लाखबढी कमाएको छ।
अमर कौशिकले निर्देशन गरेको फिल्ममा राजकुमार र श्रद्धासँगै पंकज त्रिपाठी, अभिषेक बनेर्जी, अपारशक्ती खुरानालगायत कलाकारको अभिनय छ।
सिघंम अगेन
बलिउड अभिनेता अजय देवगन अभिनीत फिल्म 'सिघंम अगेन' धेरै कमाउने चौथो विदेशी फिल्म हो। १ लाख ५६ हजारबढी टिकट बिक्री गर्दै फिल्मले ४ करोड ९४ लाखबढी कमाएको छ।
रोहित शेट्टीले निर्देशन गरेको फिल्ममा अजय देवगन, रणवीर सिंह, अक्षय कुमार, दीपिका पादुकोण, करीना कपूर खान, टाइगर श्राफ, अर्जुन कपूर, टाइगर श्राफलगायत कलाकारको अभिनय छ।
भूल भुलैया ३
बलिउड अभिनेता कार्तिक आर्यन अभिनीत फिल्म 'भूल भुलैया ३' धेरै कमाउने पाँचौ विदेशी फिल्म हो। १ लाख ४२ हजारबढी टिकट बिक्री गर्दै फिल्मले ४ करोड ७२ लाखबढी कमाइ गरेको छ।
अनीस बज्मी निर्देशित फिल्ममा कार्तिक आर्यन, विद्या बालन, तृप्ति डिमरी, माधुरी दीक्षित, राजपाल यादवलगायत कलाकारको अभिनय छ।
सिकन्दर
बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म 'सिकन्दर' धेरै कमाउने छैटौं विदेशी फिल्म हो। ८२ हजारबढी टिकट बिक्री गर्दै फिल्मले २ करोड ९० लाखबढी कमाएको छ।
एआर मुरुगादास निर्देशित फिल्ममा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ। फिल्ममा सलमान र रश्मिकासँगै काजल अग्रवाल, शरमन जोशी, प्रतिक बब्बर, किशोर, जतिन सरना, सञ्जय कपूरलगायत कलाकारको अभिनय छ।
डेडपुल एण्ड वुल्भरिन
हलिउड सुपरहीरो फिल्म 'डेडपुल एण्ड वुल्भरिन' धेरै कमाउने सातौं विदेशी फिल्म हो। ७० हजारबढी टिकट बिक्री गर्दै फिल्मले २ करोड ७१ लाखबढी कमाएको छ। फिल्मलाई सान लेवीले निर्देशन गरेका हुन्।
छावा
बलिउड अभिनेता विक्की कौशल अभिनीत फिल्म 'छावा' धेरै कमाउने आठौं विदेशी फिल्म हो। ६४ हजारबढी टिकट बिक्री गर्दै फिल्मले २ करोड २० लाखबढी कमाएको छ।
लक्ष्मण उतेकर निर्देशित फिल्ममा विक्कीसँगै रश्मिका मन्दाना, अक्षय खन्ना, आशुतोष राणा, दिव्या दत्तालगायत कलाकारको अभिनय छ।
द ग्रेटस्ट अफ अल टाइम (गोट)
दक्षिण भारतीय अभिनेता थलापति विजय अभिनीत फिल्म 'द ग्रेटस्ट अफ अल टाइम' (गोट) धेरै कमाउने नवौं विदेशी फिल्म हो। ६७ हजारबढी टिकट बिक्री गर्दै फिल्मले २ करोड २ लाखबढी कमाएको छ।
वेंकट प्रभुले निर्देशित फिल्ममा थलापति विजय, मीनाक्षी चौधरी, जयराम, स्नेहा, लैला, योगी बाबू, विटिवी गणेश, अजमल लगायत कलाकार अभिनय छ।
देवरा पार्ट वान
दक्षिण भारतीय अभिनेता जुनियर एनटिआर अभिनीत फिल्म 'देवरा पार्ट वान' धेरै कमाउने दसौं विदेशी फिल्म हो। ६४ हजारबढी टिकट बिक्री गर्दै फिल्मले १ करोड ९७ लाखबढी कमाएको छ।
कोरताला शिवा निर्देशित फिल्ममा जुनियर एनटिआरसँगै जान्हवी कपूर, श्रुति मराठे, प्रकाश राज, श्रीकान्त, सैफ अली खानलगायत कलाकारको अभिनय छ।