बलिउड अभिनेता सलमान खानको ३० मार्चमा रिलिज भएको फिल्म 'सिकन्दर' बाट उनका फ्यानलाई निकै आश थियो।
रिलिज भएपछि फिल्मले उक्त आशालाई पुरा गर्न सकेको छैन। यो फिल्मले बक्स अफिसमा कमजोर प्रदर्शन गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार ९ दिनमा फिल्मले भारतमा १०४ करोड २५ लाख भारू कमाएको छ। जबकी फिल्मको बजेट २०० करोड भारू हो।
एआर मुरुगादास निर्देशित फिल्ममा सलमान खान र रश्मिका मन्दनाको मुख्य भूमिका छ। फिल्ममा सलमान र रश्मिकासँगै काजल अग्रवाल, शरमन जोशी, प्रतिक बब्बर, किशोर, जतिन सरना, सञ्जय कपूरलगायत कलाकारको अभिनय छ।