पछिल्लो समय दक्षिण भारतीय फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
गतवर्ष 'पुष्पा २: द रूल' ले 'जवान', 'पठान' र 'स्त्री २' लाई पछि पार्दै सर्बाधिक कमाइ गर्ने फिल्म बनेको थियो। अब २०२५ मा दक्षिण भारतीय फिल्म 'एल २ एम्पुरान' ले कब्जा गरेको छ। यो फिल्म २७ मार्चदेखि हलमा रिलिज भइरहेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार 'एल २ एम्पुरान' ले चार दिनमै बलिउड फिल्म 'छावा' को रेकर्ड तोडेको छ।
लक्षमण उतेकरले निर्देशन गरेको फिल्म 'छावा' ले विश्वभरबाट ४ दिन १५६ करोड ६२ लाख भारू कमाएको थियो। त्यस्तै ४ दिनमा 'एल २ एम्पुरान' ले विश्वभरबाट १६५ करोड भारू कमाएको छ।
पृथ्वीराज सुकुमारनको निर्देशकमा बनेको एक्सन थ्रिलर मलयालम फिल्म 'एल २ एम्पुरान' सन् २०१९ मा रिलिज भएको फिल्म 'लुसिफर' को सिक्वेल हो।