दक्षिण भारतीय अभिनेता अल्लू अर्जुनको फिल्म 'पुष्पा २: द रूल' ले बक्स अफिसमा बम्पर कमाइ गर्यो।
फिल्मलाई दर्शकले निकै रूचाएका थिए। अब दर्शक फिल्म 'पुष्पा ३' को पर्खाइमा छन्। 'पुष्पा' सन् २०२१ मा रिलिज भएको थियो भने 'पुष्पा २' सन् २०२४ मा रिलिज भएको थियो।
अब फिल्मका निर्माता रविशंकरले 'पुष्पा ३' को रिलिजलाई लिएर जानकारी दिएका छन्। उनका अनुसार यो फिल्म सन् २०२८ मा रिलिज हुनेछ।
'पुष्पा २: द रूल' ले विश्वव्यापी रूपमा १६५० करोड भारूबढी कमाएको थियो। 'दंगल' र 'बाहुबली २' पछि तेस्रो सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो।
राम चरणसँगको फिल्म पूरा गर्ने बित्तिकै निर्देशक सुकुमारले 'पुष्पा ३' मा काम सुरू गर्ने बताइएको छ। अल्लू अर्जुनले एटली, त्रिविक्रम र अन्यसँग आफ्नो फिल्महरू पूरा गर्नेछन्।
'पुष्पा' सिरिजमा अल्लू अर्जुनसँगै रश्मिका मन्दना, फहद फासिल, जगपति बाबु, सुनिल लगायत कलाकारको अभिनय छ। फिल्मलाई मिथ्री मुभी मेकर्सले निर्माण गरेको थियो।