दक्षिण भारतीय अभिनेता रजनीकान्त फिल्म 'कुली' मा देखिनेछन्।
दर्शक फिल्मलाई लिएर निकै उत्साहित छन्। तर निर्माण टिमले अहिलेसम्म फिल्मको रिलिज डेट घोषणा गरेका छैनन्। यसैबीच फिल्म ओटिटीमा महँगो रकममा बिक्री भएको छ।
भारतीय सञ्चारमाध्यम कोईमोईका अनुसार अमेजन प्राइम भिडिओले फिल्मको डिजिटल राइट्स १२० करोड भारूमा किनेको छ। यो रजनीकान्तको करियरकै सबभन्दा ठूलो ओटिटी डिल सावित भएको छ। यसअघि उनको सुपरहिट फिल्म 'जेलर' को डिजिटल राइट्स अमेजन प्राइमले १०० करोड भारूमा किनेको थियो।
लोकेश कनगराज निर्देशित फिल्ममा रजनीकान्तसँगै नागार्जुन अक्किनेनी, उपेन्द्र राव, श्रुति हासन, सौबिन शाहिर, सत्यराजलगायत कलाकारको अभिनय छ। फिल्ममा पूजा हेगडेको नृत्य हुनेछ।
'कुली' पछि रजनीकान्त 'जेलर २' मा देखिनेछन्। यतिबेला 'जेलर २' को छायांकन भइरहेको छ।