बलिउड अभिनेता अक्षय कुमार पछिल्लो समय देशभक्ति फिल्ममा काम गरिरहेका छन्।
उनले २०२४ मा 'स्काई फोर्स', २०२१ मा 'बेल बटम', २०१९ मा 'केसरी' र 'मिशन मंगल', २०१८ मा 'गोल्ड', २०१६ मा 'एयरलिफ्ट', २०१४ मा 'होलीडे' जस्ता फिल्ममा अभिनय गरेका छन्। धेरै देशभक्ति फिल्मका कारण आफूलाई श्रीमती ट्विंकल खन्नाले मजाक उडाउने अक्षयले बताएका छन्।
'मेरो श्रीमती मलाई कति पटक देशलाई बचाउँछौं भन्दै मजाक उडाउँछिन्,' अक्षयले एक कार्यक्रममा भने।
उनले थप्दै भने, 'मलाई थाहा छ देशभक्ति फिल्मले धेरै कमाइ गर्दैन। किनकी मान्छेहरू मनोरञ्जन हेर्न चाहन्छन्। तर देशभक्ति फिल्म खेल्न मेरो दिलले भन्छ। म आफ्नो देशको लागि यस्तो फिल्म बनाउँछु।'