बलिउड फिल्म 'उड्ता पञ्जाब' मा शाहिद कपूरले आफ्नो उत्कृष्ट प्रस्तुति दिएका थिए।
फिल्ममा उनीसँगै आलिया भट्ट, करीना कपूर खान, दिलजीत दोसाँझको अभिनय थियो। यो फिल्म सन् २०१६ मा रिलिज भएको थियो। फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार एकता कपूर यस फिल्मको सिक्वेल बनाउने तयारीमा छिन्। यस फिल्ममा पनि उनी शाहिद कपूरलाई अनुबन्धित गराउन चाहन्छिन्।
एकताले फिल्म लेखन तथा निर्देशनको जिम्मेदारी अमर कौशिकलाई दिएकी छन्।
अभिषेक चौबे निर्देशित फिल्म 'उड्ता पञ्जाब' मा पञ्जाबमा ड्रग्सको समस्या र राजनीतिबाट जोडिएको कहानी देखाइएको थियो।