दक्षिण भारतीय अभिनेत्री नयनतारालाई फ्यानले 'लेडी सुपरस्टार' उपनाम दिएका छन्।
तर अभिनेत्री नयनताराले आफूलाई लेडी सुपरस्टार नभन्न अनुरोध गरेकी छन्। उनले एक्समा एक नोट लेख्दै भनेकी छन्, 'मलाई नयनतारा मात्रै भन्नुस्।'
उनले आफूले पाएको माया र पहिचानको लागि आभार व्यक्त गरेकी छन्।
'मेरो प्यारा फ्यान, मिडियाका सम्मानित सदस्य। अभिनेत्रीको रूपमा मेरो यात्रा खुशी र सफलताले भरियो। मेरो जीवनमा एक खुला किताब हो, जसमा सधैं तपाईहरूको बिना सर्त माया र स्नेहले भरिपूर्ण रह्यो। चाहे मेरो सफलताको क्रममा होस् या मुस्किलको क्रममा मलाई सहारा दिन तपाईहरूले आफ्नो हात अगाडि बढाउनु भयो' उनले नोटमा लेखेकी छन्, 'तपाईहरूले मलाई लेडी सुपरस्टारको टाइटल दिनुभयो। यसको लागि म सधैं आभारी रहनेछु। तर म तपाईहरूलाई नयनतारा मात्रै भन्न अनुरोध गर्दछु।'