बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाकी आमा मधु चोपडाले हालै अभिनेत्री फिल्म क्षेत्रमा आउन नचाहेको कुरा खुलासा गरेकी छन्।
प्रियंकाकी आमाले उनको सुरूवाती करियरको बारेमा कुराकानी गरेकी छन्। यसै क्रममा उनले बताएकी छन् कि सन् २००२ मा प्रियंकालाई तमिल फिल्म 'थमिजहन' मा काम गर्न कसरी मनाएकी थिइन्।
'प्रियंकाले थमिजहन गर्न अस्वीकार गरेकी थिइन्। तर फिल्मकर्मीले उनको भाइसँग सम्पर्क गरे। भाइले उनको बुबालाई फोन गरेर प्रियंकालाई मनाएका थिए,' उनले लेहरें रेट्रोसँगको पडकास्टमा भनेकी छन्।
मधुले विजय थलापतिको तारिफ गर्दै भनिन्, 'प्रियंका विजयको निकै सम्मान गर्छिन्। किनकी वियजले त्यो समयमा प्रियंकालाई निकै सहयोग गरेका थिए। त्यस फिल्ममा प्रभु देवाका भाइ राजू सुन्दरम कोरियोग्राफर थिए। निकै कठिन स्टेप्स थियो। विजय एक प्रोफेशनल डान्सर थिए। त्यसैले उनीसँग तालमेल गर्न निकै मुश्किल थियो। तर छायांकनको क्रममा विजयले सहज वातावरण बनाइदिए।'
प्रियंकाले एकमात्र तमिल फिल्ममा अभिनय गरेकी छन्। यसपछि उनले बलिउड हुँदै हलिउडमा काम गरेकी छन्। अब प्रियंका एसएस राजामौलीको निर्देशनमा बनिरहेको फिल्मबाट तेलुगु फिल्म क्षेत्रमा फर्किनेछन्।