बलिउड अभिनेता अर्जुन कपूर, अभिनेत्री रकुल प्रीत सिंह र भूमि पेडनेकरको रोमान्टिक कमेडी फिल्म 'मेरे हसब्यान्डकी बीवी' ले बक्स अफिसमा कमजोर सुरूवात गरेको छ।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले दुई दिनमा ३ करोड १५ लाख भारू कमाएको छ।
१ करोड ५० लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १ करोड ६५ लाख भारू कमाएको हो।
यो फिल्मको बजेट ६० करोड भारू बताइएको छ।
फिल्ममा अर्जुन कपूरले अंकुर चढ्डाको भूमिका निर्वाह गरेका छन्। जो आफ्नो श्रीमती (भूमि पेडनेकर) र आफ्नो प्रेमिका (रकुल प्रीत सिंह) सँग लभ ट्राएंगलमा फस्छन्।
मुदसर अजिजले निर्देशन गरेको फिल्मलाई ज्याकी भगनानी, वशु भगनानी र दीपशिखा देशमुखले निर्माण गरेका हुन्।