कमेडियन एवं बिग बोस १७ का विजेता मुनव्वर फारूकीविरूद्ध अधिवक्ता अमिता सचदेवले उजुरी दर्ता गरेकी छन्।
उनले मुनव्वरमाथि अश्लीलता फैलाएको र धार्मिक भावनामा ठेस पुर्याएको आरोप लगाएकी छन्। अभिवक्ता अमिता सचदेवले एक्समार्फत एक पोस्ट गर्दै उक्त जानकारी दिएकी हुन्।
मुनव्वरमाथि भारतीय न्याय संहिताको धारा १९६, २९९ र ३५३ को उजुरी दर्ता भएको छ। जसअन्तर्गत अश्लीलता फैलाउने, धर्मलाई मजाक बनाउने, संस्कृतिक मूल्यको मजाक उडाउने र मानिसको दिमागमा फोहार भर्ने कुरा उल्लेख छ।
केही समयदेखि शोको केही क्लिप भाइरल भइरहेको छ। जसमा मुनव्वरले अपशब्द बोल्दै अश्लील टिप्पणी गरेका छन्। केही व्यक्तिहरूले शोको आलोचना गर्दै ब्याण्ड गर्न माग गरिरहेका छन्।
मुनव्वर जियो हटस्टारबाट प्रसारण भइरहेको 'हप्ता वसुली' कार्यक्रम सञ्चालन गर्दै आएका छन्।