बलिउड अभिनेता विक्की कौशल अभिनीत फिल्म 'छावा' १४ फेब्रुअरीदेखि हलमा प्रदर्शन भइरहेको छ।
फिल्ममा विक्की कौशलले निवार्ह गरेको महाराज संभाजीको भूमिकालाई लिएर चर्चासँगै विवाद भइरहेको छ। फिल्मको एक सिनमा मुगलहरूले संभाजी महाराजलाई यातना दिइएको देखाइएको छ। यसमा दर्शकले निकै इमोशनल प्रतिक्रिया दिएका छन्।
यसैबीच अभिनेत्री स्वरा भास्करले फिल्मलाई लिएर एक प्रतिक्रिया दिएकी छन्। 'एक यस्तो समाज जो भागदौड र व्यवस्थाको अभाव झेलिरहेको छ। भयानक मृत्यपछि लाशलाई बुलडोजरले उठाएको दृश्य देखाइएको छ। यस्तोमा व्यक्तिहरू फिक्सनल फिल्ममा हिन्दुको साथ ५०० वर्ष पहिले भएको यातनालाई लिएर क्रोधित भइरहेका छन्। यस्तो समाज दिमाग र आत्माले मरेको छ,' स्वराले लेखेकी छन्।
स्वराले यो ट्विट गरेपछि फ्याले ट्रोल गरिरहेका छन्। स्वरालाई फ्यानले महाराज संभाजीलाई यातना नदिएको प्रमाणित गर्न बताएका छन्।