नाग अश्विनको निर्देशनमा बनेको फिल्म 'कल्की २८९८ एडी' ले गतवर्ष बक्स अफिसमा तहल्का मच्चायो।
प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन जस्ता कलाकारको अभिनय रहेको फिल्मले विश्वभरबाट १०२४ करोड भारू कमाएको थियो। यस फिल्मको सफलतापछि नाग अश्विन आगामी फिल्मको तयारीमा जुटेका छन्।
भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार नाग अश्विनको आगामी फिल्ममा आलिया भट्टको अभिनय रहनेछ।
यतिबेला आलिया सञ्जय लीला भन्सालीको फिल्म 'लभ एन्ड वार' को छायांकनमा व्यस्त छन्। यस फिल्ममा रणवीर कपूर र विक्की कौशलको पनि मुख्य भूमिका रहनेछ।
सन् २०२५ अक्टोबरमा आलिया 'लभ एन्ड वार' को छायांकन सकेर नाग अश्विनको फिल्ममा काम सुरू गर्नेछिन्।
आलिया 'लभ एन्ड वार' पछि यशराज फिल्म्सको स्पाई युनिभर्सको फिल्म 'अल्फा' र हरर कमेडी युनिभर्सको फिल्म 'चामुन्डा' पनि देखिनेछिन्।