बलिउड अभिनेता ऋतिक रोशन यस्तो अभिनेता हुन् जो अभिनयका साथै आफ्नो लुक्सलाई लिएर चर्चामा आउँछन्।
हालै उनी आफ्नो परिवारसँग 'द रोशन्स' को सफलताको पार्टीमा देखिएका थिए। जहाँ उनीका छोरा ऋदान रोशन पनि पुगेका थिए। यतिबेला सामाजिक सञ्जालमा ऋदानको तस्बिर खुब भाइरल भइरहेको छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तुलना हलिउड अभिनेता टिमोथी चेलमेटसँग गरिरहेका छन्। ऋदानको मुस्कान र मुखाकृतिलाई फ्यानले खुब मन पराइरहेका छन्।
एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन्, 'भारतका टिमोथी चेलमेट आए!' अर्काले लेखेका छन्, 'टिमोथी चेलमेटलाई टक्कर दिनेवाला आए!'
ऋदानको चौतर्फी तारिफ भएपछि फ्यानहरू उनको बलिउड डेब्यूको पर्खाइमा छन्।