पछिल्लो समय अभिनेता कार्तिक आर्यन फिल्म 'आशिकी ३' लाई लिएर चर्चामा छन्।
यस फिल्ममा उनको जोडीको रूपमा 'पुष्पा २' बाट चर्चामा आएकी अभिनेत्री श्रीलीला हुनेछिन्। यसमार्फत श्रीलीला बलिउड डेब्यू गर्दैछिन्।
'आशिकी ३' को लागि श्रीलीला उत्सुक रहेकी छन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार श्रीलीलाको जन्म सन् २००१ मा अमेरिकामा भएको हो। तर उनी बेंगलुरूमा हुर्किएकी थिइन्।
श्रीलीलाले चाइल्ड आर्टिस्टको रूपमा करियर सुरू गरेकी थिइन्। उनले सन् २०१७ मा फिल्म 'चित्रांगदा' बाट चाइल्ड आर्टिस्टको रूपमा डेब्यू गरेकी थिइन्।
'आशिकी ३' को पहिलो लुक्स सार्वजनिक भइसकेको छ। जुन सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ। यसमा कार्तिक दमदार अवतारमा देखिनेछन्।
अनुराग बसुको निर्देशन रहने फिल्म 'आशिकी ३' सन् २०२५ को दिवालीमा प्रदर्शन हुनेछ।