बलिउड अभिनेता जोन अब्राहम अभिनीत फिल्म 'द डिप्लोम्याट' को ट्रेलर सार्वजनिक गरिएको छ।
शुक्रबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा एक भारतीय महिलालाई जबरजस्ती पाकिस्तानी पुरूषले विवाह गरेको प्रसंगलाई देखाइएको छ। फिल्ममा जोन अब्राहमले भारतीय राजनयिक जेपी सिंहको भूमिका निर्वाह गरेका छन्।
यो सत्य घटनामा आधारित छ। शिवम नयरले निर्देशन गरेको फिल्मलाई जोन अब्राहम, सडिया खतेब, कुमुद मिश्रालगायत कलाकारको अभिनय छ।
फिल्मलाई भूषण कुमार, कृष्ण कुमार, जोन अब्राहम, विपुल डी शाह, अश्विन वर्दे, राजेश बहल (वाकाओ फिल्म्स), समीर दीक्षित, जतीश वर्मा, राकेश डांगलगायतले निर्माण गरेका हुन्।
यो फिल्म मार्च ७ देखि हलमा प्रदर्शन हुनेछ।