बलिउड फिल्म 'एनिमल' बाट चर्चामा छन् अभिनेता बबी देओल। यस फिल्ममा उनी खलनायकको पात्रमा देखेर चर्चामा आएका हुन्।
यस फिल्मपछि उनलाई दक्षिण भारतीय फिल्मबाट खलनायक पात्रको अफर आएको छ। उनले दक्षिण भारतीय फिल्म 'कंगुवा' मा खलनायकको भूमिका निर्वाह गरिसकेका छन्। यस फिल्ममा सूर्याको मुख्य भूमिका रहेको छ। यो फिल्म १४ नोभेम्बरदेखि हलमा प्रदर्शन हुनेछ।
अब उनी फेरि खलनायककै भूमिकामा देखिने भएका छन्। उनी दक्षिण भारतीय फिल्म 'थलापति ६९' मा खलनायकको भूमिकामा देखिन लागेका हुन्।
यो फिल्म तमिल, तेलगु र हिन्दी भाषामा रिलिज हुनेछ। यो राजनीतिक ड्रामा फिल्म हो।
फिल्ममा थलापति विजयको मुख्य भूमिका रहनेछ। यो विजयको अन्तिम फिल्म हो। उनले केही समयअघि राजनीतिक पार्टी लन्च गरेका थिए।