भारतीय चर्चित रियालिटी शो 'बिग बोस १८' अक्टोबर ६ देखि सुरू हुँदैछ।
शोमा पहिलो प्रतियोगी अभिनेत्री निया शर्मा हुनेछिन्। उनले 'सुहागन चुडेल, एक हजारौं में मेरी बहना है, नागिन' जस्ता चर्चित टेलिभिजन शोमा अभिनय गरेकी छन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनी यस सिजनकी सबैभन्दा महँगी प्रतियोगी हुनेछिन्। उनले बिग बोसको घरमा बस्ने हरेक दिनका लागि ५ लाख ४० हजार भारू पाउनेछन्। उनले हरेक हप्ता ३७ लाख ८० हजार भारू प्राप्त गर्नेछिन्। उनले बिग बोससँग मात्र १५ दिनको करारमा हस्ताक्षर गरेकी छन्।
नियाबाहेक अभिनेता धिरज धूपर, अभिनेत्री सुरभि ज्योति, अभिनेता शहजाद धामी, शोएब इब्राहिम र नायरा बनर्जी पनि शोका प्रतियोगी हुने बताइएको छ।
बलिउड अभिनेत्री समीरा रेड्डी, उर्मिला मातोन्डकर र शिल्पा शिरोडकरलाई पनि शोमा सहभागी हुने प्रस्ताव गरिएको छ।