बलिउड अभिनेता वरूण धवनकी भतिजी अन्जिनी धवनले फिल्म 'बिन्नी एन्ड फ्यामेली' बाट अभिनयमा डेब्यू गरेकी छन्।
यो फिल्म २७ सेक्टेम्बरदेखि रिलिज भइरहेको छ। तर फिल्मले भारतीय बक्स अफिसमा खासै राम्रो कमाइ गर्न सकेको छैन। यसैबीच अन्जिनी सलमान खानको फिल्म 'सिकन्दर' मा देखिने भएकी छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार सलमान खान फिल्म सिकन्दरको लागि फ्रेश अनुहारको खोजीमा थिए। जसको लागि अन्जिनी उचित भइन्। उनी फिल्मको छायांकन छिट्टै सुरू गर्ने तयारीमा छिन्।
फिल्ममा उनको कस्तो भूमिका हुन्छ भनेर खुलाइएको छैन। एआर मुरुगादासले निर्देशन गर्ने फिल्ममा अन्जिनी र सलमानसँगै रश्मिका मन्दना, सुनिल शेट्टी, काजल अग्रवाल, सत्यराजलगायत कलाकारको अभिनय रहनेछ।
यो फिल्म २०२५ को इदमा रिलिज हुनेछ।