भारतीय कमेडियन कपिल शर्माले 'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजन ल्याउने भएका छन्।
बुधबार नेटफ्लिक्स इन्डियाले एक भिडिओ सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। भिडिओको सुरूआतमा अर्चना पूरन सिंहले भन्छिन्, 'तपाईहरू सबैका लागि खुसीको कुरा छ। छिट्टै तपाईहरूको 'द ग्रेट इन्डियन कपिल शो' सिजन २ आउँदैछ।' यतिकैमा सबै कलाकारले शनिबारलाई 'फनिबार' बनाउने बताउँछन्।
'द ग्रेट इन्डियन कपिल शो' को दोस्रो सिजनमा कपिल शर्मा, अर्चना पूरन सिंह, सुनील ग्रोवर, कृष्णा अभिषेक, कीकू शारदा, राजीव ठाकुर जस्ता कलाकारको प्रस्तुति रहनेछ।
दोस्रो सिजन कहिलेदेखि प्रसारण हुनेछ भनेर खुलासा गरिएको छैन। यही मार्च ३० मा कपिलको शो पहिलो एपिसोड प्रसारण भएको थियो भने जुन २२ मा अन्तिम एपिसोड प्रसारण भएको थियो। कमेडी शोको पहिलो सिजनमा १३ एपिसोड प्रसारण गरिएको थियो।
यस शोलाई दर्शकले निकै रूचाएका थिए। तर केही दर्शकले बारम्बार एकै खाल्को कुरा आएको भन्दै आलोचना समेत गरेका थिए।