दक्षिण भारतीय अभिनेता मोहनलाल अस्पताल भर्ना भएका छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनलाई केही दिनदेखि श्वास लिन समस्या भइरहेको थियो। त्यसपछि उनलाई कोच्चिको एक अस्पतालमा भर्ना गरिएको हो।
अमृता हस्पिटलले एक बयान जारी गर्दै अभिनेता मोहनलालको स्वास्थ्यको जानकारी दिएको छ। ६४ वर्षका अभिनेता मोहनलालको जाँच भइरहेको छ। उनलाई ज्वरो आएको थियो। श्वास फेर्न समस्या र मांसपेशीमा पनि दुखाई भइरहेको थियो। जनु भाइरल रेस्पिरेटरी इन्फेक्शनको संकेत हो। उनलाई पाँच दिनसम्म भिडभाड ठाउँमा नजान र आराम गर्न सल्लाह दिइएको छ।
मोहनलालले 'बैरोज' बाट निर्देशनमा हात हालेका छन्। यो फिल्म २०२४ अक्टोबर ३ देखि प्रदर्शन हुनेछ। फिल्ममा उनको निर्देशनसँगै अभिनय पनि छ।
यो फिल्म बाहेक उनी आफ्नो फिल्म 'एल २: एम्पुरान' को छायांकनमा व्यस्त छन्।