बलिउडका चर्चित अभिनेता हुन् शाहरूख खान। पछिल्लो समय उनकी म्यानेजर पूजा ददलानी पनि चर्चामा छिन्।
सन् २०१२ देखि शाहरूखको व्यवसायदेखि लिएर पारिवारिक सम्पूर्ण काम पूजाले सम्हालिरहेकी छन्। तर उनी शाहरूख खानका छोरा आर्यन खान ड्रग्स केसमा पक्राउ परेपछि चर्चामा आएकी हुन्।
आर्यनको केसमा सुनवाई हुँदा शाहरूख र गौरी देखिँदैनन् थिए। पूजा नै अदालतको बाहिर देखिन्थिइन्। ८ अक्टोबर २०२१ मा आर्यनले जमानत नपाउँदा उनी भावुक भएकी थिइन्। यसै क्रममा उनी भारतीय सञ्चारमाध्यमको नजरमा परेकी थिइन्।
सन् २०१२ मा पूजालाई शाहरूखको प्रोडक्सन हाउस रेड चिलिज इन्टरटेनमेन्टको जिम्मेदारी दिइएको थियो। विश्वासिलो काम गरेपछि आज शाहरूखको लगभग सम्पूर्ण काम उनै सम्हाल्छिन्। ब्रान्डसँग सम्झौतासँगै कम्पनीको कानुनी कार्यमा समेत उनी सक्रिय रहन्छिन्।
शाहरूख पनि पूजालाई आफ्नो परिवारको सदस्य जस्तै ठान्छन्। शाहरूखसँग मात्र नभई शाहरूखको परिवारका हरेक सदस्यसँग पूजा नजिक छिन्। गौरीको हरेक पार्टीमा समेत पूजा सामेल हुन्छिन्।
शाहरूख र पूजाको पहिलो भेट 'ओम शान्ति ओम' को सेटमा भएको थियो। त्यतिबेला पूजा २३ वर्षकी थिइन्।
शाहरूखले आफ्नो इन्स्टाग्राममा ६ जनालाई फलो गरेका छन्। जसमा पूजासमेत अटाएकी छन्। रोचक कुरा के छ भने शाहरूख र पूजाको जन्मदिन समेत एकै दिन पर्छ। उनीहरू २ नोभेम्बरमा जन्मिएका हुन्। पूजाको जन्म २ नोभेम्बर १९८३ मा मुम्बईमा भएको थियो।
पूजाले मुम्बईबाट अर्थशास्त्रमा उच्च शिक्षा पढेकी थिइन्। उनले पत्रकारिताबाट डिग्री समेत हासिल गरेकी छन्।
पूजाले सन् २००८ मा हितेश गुरनानीसँग विवाह गरेकी थिइन्। उनका श्रीमान लिस्टा ज्वेल्सको निर्देशक हुन्। उनीहरूको एक छोरी रेना छिन्।
भारतीय सञ्चारमाध्यम डिएनएका अनुसार पूजा वार्षिक ९ करोड भारू (करिब १५ करोड) कमाउँछिन्।
पूजा करोडौंकी मालिक हुन्। उनीसँग करिब ५० करोड भारूको सम्पत्ति छ। बान्द्रा उनको भव्य घर छ। जसलाई गौरी खानले इन्टिरियर डिजाइन गरेकी हुन्।