बलिउड अभिनेता शाहरूख खान बलिउडका बादशाह मानिन्छन्। उनले थुप्रै सुपरहिट फिल्म दिएका छन्।
तर एक यस्तो समय आयो उनका फिल्म बक्स अफिसमा फ्लप हुन थाल्यो। सन् २०१८ मा आएको उनको फिल्म 'जीरो' ले पनि खासै सफलता हासिल गर्न सकेन। त्यसपछि शाहरूख लगभग ४ वर्ष फिल्मी पर्दाबाट गायब भए।
हालै उनले यस विषयमा खुलेर कुराकानी गरेका छन्। 'यो ब्रेक फिल्मको कारण थिएन। मैले सधैं भन्थे कि जुन दिन मलाई बिहान उठेर सुटिङ गर्ने मन गर्दैन, त्यो दिन म जान्न। म इमानदारिताका साथ भन्छु कि यो असफलताको कारण थिएन। म जनावरीमा एक फिल्म सुट गर्दै थिए त्यो डिसेम्बरसम्म चल्यो। यो मेरो लागि अनप्रोफेशनल थियो। त्यतिबेला मैले यस फिल्मको छायांकन गर्दिन भनेर हिडेँ,' उनले भने।
उनले थप्दै भने, 'मैले एक वर्षको छुट्टी लिने निर्णय लिएको थिएँ। तर केही समय लम्बियो।'
शाहरूख खान आगामी फिल्म 'किङ' मा देखिनेछन्। यो फिल्ममा उनकी छोरी सुहाना खान पनि देखिनेछन्।