'जन्जीर, दीवार, शोले र मिस्टर इन्डिया' जस्ता फिल्मका लेखक जोडी सलीम खान र जावेद अख्तरलाई लिएर डकुमेन्ट्री सिरिज बनेको छ।
सलीम खानका छोरा सलमान खान र जावेद अख्तरका छोरा फरहान खान र छोरी जोया अख्तरले मिलेर यो डकुमेन्ट्री सिरिज बनाएका हुन्। उनीहरूले यसको नाम 'एंग्री यंग म्यान' राखेका छन्।
प्राइम भिडिओ इन्डिया युट्युब च्यानलमार्फत सिरिजको ट्रेलर सार्वजनिक गरिएको छ। मंगलबार मुम्बईमा एक कार्यक्रम गर्दै सिरिजको ट्रेलर सार्वजनिक गरिएको हो।
यो सिरिज २० अगस्टदेखि अमेजन प्राइम भिडिओमा प्रसारित हुनेछ।
सलीम र जावेदको जोडीले २४ फिल्म लेखेका थिए। सन् १९८७ मा उनीहरूको जोडी छुट्टिएको हो। उनीहरूले बलिउडमा यस्तो वातावरण सिर्जना गरेका थिए कि लेखकलाई कलाकारको भन्दा बढी पारिश्रमिक दिइन्थ्यो।