यतिबेला अभिनेत्री कृति सेनन आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी युकेका व्यवसायी कबिर बहियासँग प्रेम सम्बन्धमा छिन्। यसैबीच कृतिले आफूलाई कस्तो जीवन साथी चाहिन्छ भनेर खुलासा गरेकी छन्।
'मलाई आफ्नो जिन्दगीमा यस्तो मान्छे चाहिन्छ जसमा सकारात्मकता होस्। तपाई उसको सहभागितामा खुसी हुनुपर्छ। तपाईलाई राम्रो बनाउन प्रेरित र प्रोत्साहित गरोस्। ऊ तपाईको नराम्रो समयमा तपाईको साथ दियोस्। यस्तो मान्छे जो घर फर्किएपछि तपाईको साथ होस् र तपाईको सुख, दुःखका पल सेयर गरोस्। तपाईले जिन्दगीमा ठूलो सफलता हासिल गरेपनि कसैको बिना यो सब बेकार लाग्छ,' उनले भनिन्।
कृति पछिल्लो समय फिल्म 'तेरी बातों में उलझा जिया' मा देखिएकी थिइन्।