भारतीय कमेडियन कपिल शर्मा आफ्नो प्रतिभाले एक दशकदेखि दर्शकलाई हसाउँदै आइरहेका छन्।
सोनी टिभीमा 'द कपिल शर्मा शो' सबैभन्दा लोकप्रिय र मनोरञ्जनात्मक कमेडी शो मध्ये एक थियो। तर यसैवर्ष उनले ओटिटी प्लेटफर्म नेटफ्लिक्समा 'द ग्रेट इन्डियन कपिल शो' सञ्चालनमा ल्याए।
सोनी टिभीमा भने कपिल शर्मा शो आउने समय खाली जस्तै छ। यस समयमा हुमा कुरैशी 'म्याडनेस मचाएंगे इन्डियाको हसाएंगे' कार्यक्रम चलाएकी थिइन्। तर दर्शकले कार्यक्रमप्रति खासै रूचि देखाएनन्।
अब यस समयमा कमेडियन जाकिर खानले नयाँ शो ल्याउने भएका छन्। उनले 'आपका अपना जाकिर' नामक शो ल्याउने तयारी गरेका हुन्।
हालै सोनी टिभीले जाकिर खानको 'आपका अपना जाकिर' को प्रोमो सार्वजनिक गरेको थियो। प्रोमोमा 'स्त्री २' का कलाकार राजकुमार राव, श्रद्धा कपूर र निर्देशक करण जोहर देखिएका छन्।
जाकिरकाे टिममा श्वेता तिवारी, ऋत्विक धनजानी र गोपाल दत्त छन्। यो शोको पहिलो एपिशोड १० अगस्टमा ९: ३० बजे प्रसारण हुनेछ।
जाकिर आफ्नो युट्युब च्यानलमार्फत स्टान्ड अप कमेडी चलाईरहेका छन्।