बलिउड अभिनेता अजय देवगन र अभिनेत्री तब्बू अभिनीत फिल्म 'औरों में कहाँ दम था' ले बक्स अफिसमा निराशाजन व्यापार गरेको छ।
भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार फिल्मले ६ दिनमा ९ करोड ४६ लाख भारू कमाएको छ। फिल्मले विश्वभरबाट १२ करोड भारू कमाएको छ।
२ करोड १ लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन २ करोड १४ लाख, तेस्रो दिन २ करोड ७५ लाख, चाैथो दिनमा १ करोड, पाँचाैं दिन ९५ लाख र छैटाैं दिनमा ७५ लाख भारू कमाएको हो।
निरज पाण्डेले निर्देशन गरेको फिल्ममा अजय र तब्बूसँगै जिमी शेरगिल, सई मान्जरेकर, शान्तनु माहेश्वरीलगायत कलाकारको अभिनय छ।
फिल्ममा अजय र तब्बूबीचको प्रेम कहानीलाई देखाइएको छ। तर दर्शकले यस फिल्मलाई रूचाएनन्।