सन् २०१८ मा तृप्ति डिमरी र अविनाश तिवारी अभिनीत फिल्म 'लैला मजनु' प्रदर्शन भएको थियो।
त्यतिबेला फिल्मले बक्स अफिसमा राम्रो प्रदर्शन गरेको थिएन। तर ओटिटीमा रिलिज भएपछि फिल्मले खुब चर्चा पाएको थियो।
यसै फिल्मबाट तृप्ति डिमरीले डेब्यू गरेकी थिइन्। अब ६ वर्षपछि निर्माण टिमले फिल्म फेरि रिलिज गर्ने निर्णय लिएका छन्। यो फिल्म ९ अगस्टदेखि हलमा रिलिज हुनेछ।
बुधबार एकता कपूरले एक भिडिओ सार्वजनिक गर्दै उक्त कुरा जानकारी दिएकी हुन्। 'दर्शकको मागलाई मध्यनजर गर्दै लैला मजनु फेरि आउँदैछ। तपाईहरूको मायाप्रति निकै आभार ६ वर्षपछि फेरि हलमा फर्काउनु भयो। देशभरको सिनेमाघरमा ९ अगस्टदेखि फिल्म रिलिज हुँदैछ। लैला मजनु टिमलाई बधाई।'
फिल्ममा लैला र मजनु एक अर्कासँग निकै माया गर्छन्। तर पारिवारिक तनावको कारण उनीहरू छुटिन्छन्।