बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकीले कलाकारहरूले आफ्नो बक्स अफिसको समीक्षा गरेर पारिश्रमिक माग्नुपर्ने बताएका छन्।
केही दिनअघि निर्माता तथा निर्देशक करण जोहरले उक्त कुरा बताएका थिए। करण जोहरको समर्थन गर्दै उनले भने, 'म करणको यस कुरालाई मान्छु। तर म यो पनि भन्छु कि आफ्नो समीक्षा नगर्ने या धेरै पैसा माग्नेलाई नलिनु। उनीहरूलाई किन लिनुहुन्छ? मलाई आफ्नो समीक्षाको आवश्यकता छैन किनकी म कमै पारिश्रमिक लिन्छु।'
उनले थप्दै भने, 'जति बजेटमा ठूला प्रोडक्सन हाउस फिल्म बनाउँछन्। कलाकारले साच्चै आफ्नो समीक्षा गर्नुपर्छ किनकी लागत निकाल्ने उनीहरूको जिम्मेदारी हो। मेरो धेरै फिल्महरू सानो बजेटको हुन्छ। ती फिल्म आरामले थिएटर र ओटिटी राइट्सबाट आफ्नो लागत निकाल्छन्।'