पाकिस्तान फिल्म क्षेत्रमा सबैभन्दा चर्चित अभिनेता फवाद खानको नयाँ टेलिभिजन शो 'बरजख' विवादमा फसेको छ।
केही दिनअघि रिलिज गरिएको शोमा दुई पुरूषबीचको रोमान्स देखाइएको थियो। जसलाई लिएर पाकिस्तानमा विवाद सुरू भएको हो।
समलैंगिक सम्बन्ध देखाइएको शोको यति धेरै विवाद भइरहेको छ कि दर्शक बन्द गर्न माग गरिरहेका छन्। यसले पाकिस्तानको माहोल खराब गरेको आरोप लागेको छ।
सुपहिट शो 'जिन्दगी गुलजार हे' को १२ वर्षपछि फवाद खान र सनम सईदको जोडी 'बरजख' मा देखिएका थिए। १९ जुलाईमा प्रिमियर गरिएको शो जिन्दगी च्यानलबाट प्रसारण भइरहेको थियो।
हालसम्म यस शोको ६ एपिसोड प्रदर्शन भएको छ। लामो समयसम्म पनि विवाद नहटेपछि निर्माण टिमले युट्युबबाट शो हटाउने निर्णय गरेका छन्।