बलिउड अभिनेत्री जान्हवी कपूर अभिनीत फिल्म 'उलझ' ले बक्स अफिसमा निराशाजन व्यापार गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले पाँच दिनमा ६ करोड २० लाख भारू कमाएको छ। १ करोड १५ लाख भारूमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन १ करोड ७५ लाख, तेस्रो दिन २ करोड, चौथो दिन ६५ लाख र पाँचौं दिन ६५ लाख भारू कमाएको हो।
सुधांशु सारिया निर्देशित फिल्ममा जाह्नवीले आईएफएस (इन्डियन फरिन सर्भिस) मा कार्यरत एक युवतीको भूमिका निर्वाह गरेकी छन्।
फिल्ममा जाह्नवीसँगै गुल्शन देभैह, रोशन मथेउ, राजेश तैलाङ, अदिल हुसेन, जितेन्द्र जोशीलगायत कलाकारको अभिनय छ। फिल्मलाई जंगली पिक्चर्सले निर्माण गरेको हो।