बलिउड अभिनेता सैफ अली खानका छोरा इब्राहिम अली खान बलिउडमा डेब्यू गर्दैछन्।
उनले 'सरजमीन' नामक फिल्मबाट बलिउडमा डेब्यू गर्न लागेका हुन्। फिल्म दर्ता गर्दा 'सरजमीन' नाम राखिए पनि नाम परिवर्तन हुने भारतीय सञ्चारमाध्यममा उल्लेख छ। फिल्ममा काजोलको पनि मुख्य भूमिका रहनेछ।
५ अगस्तमा काजोलले आफ्नो जन्मदिन मनाएकी थिइन्। यसै अवसरमा काजोलले इब्राहिमको तारिफ गरेकी छन्।
'इब्राहिमसँग काम गर्न निकै रमाइलो भयो। मलाई लाग्छ इब्राहिम स्क्रिनमा राम्रो देखिनेछन्,' उनले भनिन्।
यस फिल्मलाई बोमन इरानीका छोरा कायोज इरानीले निर्देशन गरेका हुन्। फिल्ममा पृथ्वीराज सुकुमारन पनि देखिँदैछन्।
इब्राहिम सैफ र उनकी पूर्व पत्नी तथा अभिनेत्री अमृता सिंहका छोरा हुन्। सारा अली खान इब्राहिमकी दिदी हुन्। साराले बलिउडमा प्रवेश गरेर आफ्नो ठाउँ बनाइसकेकी छन्।
इब्राहिम आफ्ना बुवा सैफ जस्तै देखिन्छन्। सामाजिक सञ्जालमा बेलाबेला जवान सैफका तस्बिरसँग इब्राहिमको तस्बिर राखेर उनीहरूको समान अनुहारको चर्चा पनि हुन्छ।