बलिउड अभिनेता आमिर खानका छोरा जुनैद खानले फिल्म 'महाराज' बाट अभिनयमा डेब्यू गरेका छन्।
यो फिल्म ओटिटी प्लेटर्फममा प्रदर्शन भएको छ। जसलाई दर्शक र समीक्षक दुवैले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। अब जुनैद खानले 'महाराज' हेरेपछि उनका बुवा आमिर खानले कस्तो प्रतिक्रिया दिए भनेर बताएका छन्।
'उहाँलाई फिल्म निकै मन पर्यो। जब बुवा फिल्म हेर्नुहुन्छ, उहाँ मनोरञ्जन लिन हेर्नुहुन्छ। उहाँ सधैं मनोरञ्जन लिन चाहनुहुन्छ। त्यसैले यो फिल्म उहाँलाई निकै मन पर्यो। तर आमालाई सम्झाउन मुश्किल हुन्छ। तर उहाँलाई पनि फिल्म मन पर्याे। उहाँ निकै खुसी हुनुहुन्थ्यो,' जुनैदले बलिउड लाइफसँग भने।
फिल्ममा जुनैद खानले सामाज सुधारक करसनदास मुल्जीको भूमिका निर्वाह गरेका छन्। यो फिल्म मानहानि मामिलामा आधारित छ।
सिद्धार्थ पी मल्होत्राले निर्देशन गरेको फिल्ममा जुनैदसँगै जयदीप अहलावत, शरवरी, शालिनी पाण्डेलगायत कलाकारको अभिनय छ।