बलिउड अभिनेत्री उर्वशी रौतेला अस्पताल भर्ना भएकी छन्।
भारतीय सञ्चारमाध्यम बलिउड तड्काका अनुसार हैदराबादमा फिल्म छायांकनको क्रममा उनी घाइते भएकी थिइन्। घाइते भएपछि उनलाई नजिकको अस्पताल भर्ना गरिएको हो।
उर्वशीको टिमका अनुसार एक्सन सिन छायांकन गर्दा उनको हड्डी भाँचिएको छ। तर उर्वशीले यस विषयमा केही खुलासा गरेकी छैनन्।
उनी फिल्म 'एनबीके १०९' को छायांकन गर्न हैदराबाद पुगेकी थिइन्।