दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'कल्की २८९८ एडी' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले विश्वभरबाट सात दिनमा ७ सय करोड भारू कमाइ गरेको छ। यसले विश्वव्यापी रूपमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ।
यसले ओपनिङ विकेन्डमा दुनियाभरबाट ५५५ करोड भारू कमाइ गरेको थियो। यसले शाहरूख खानको फिल्म 'जवान' को रेडर्क तोड्दै उक्त रेकर्ड राखेको हो। जसले ओपनिङ विकेन्डमा ५२० करोड भारू कमाएको थियो।
यस्तै 'कल्की' क्यानडामा सबैभन्दा धेरै कमाइ गर्ने पहिलो तेलुगु फिल्म बनेको छ। 'कल्की' ले उत्तर अमेरिकामा पनि नयाँ रेकर्ड बनाएको छ। यसले ९० करोड २ लाख भारू कमाउने पहिलो भारतीय फिल्मको रेकर्ड राखेको हो।
नाग अश्विनले निर्देशन गरेको फिल्म 'कल्की २८९८ एडी' मा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ।