दक्षिण भारतीय अभिनेता विजय देवराकान्डाले 'कल्की २८९८ एडी' मा केमियो भूमिका निर्वाह गरेका छन्।
विजयले फिल्ममा अर्जुनको भूमिका निर्वाह गरेका छन्। जसमा उनको लगभग २ मिनेटको भूमिका छ। हालै यसको लागि विजयले कति पारिश्रमिक लिए भनेर खुलासा भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्मको लागि उनले कुनै पारिश्रमिक लिएका छैनन्। विजयले निर्देशक नाग अश्विनसँग पहिला पनि काम गरिसकेका छन्। उनले नाग अश्विनको डेब्यू निर्देकिय फिल्म 'येभदे सुब्रमण्यम' मा काम गरेका थिए।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार भारतमा फिल्मले पाँच दिनमा फिल्मले ३४३ करोड ६ लाख भारू कमाएको छ।
नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ।