बलिउड अभिनेता अनिल कपूरले 'बिग बोस ओटिटी ३' बाट ओटिटीमा डेब्यू गरेका छन्।
अनिल कपूरले यस सिजनलाई आफ्नै तरिकाबाट होस्ट गरिरहेका छन्। जसलाई दर्शकले पनि रूचाइरहेका छन्। यसले ८० लाखभन्दा बढी भ्यूज पाएको छ।
यो शो पछिल्लो हप्ता भारतमा सबभन्दा बढी हेरिने शो बनेको छ। साथै फिल्मको सूचीमा पनि पहिलो नम्बरमा छ। यसले साक्षी तंवरको फिल्म 'शर्मा जी की बेटी', नवाजुद्दीन सिद्दीकीको फिल्म 'रौतूका राज', वेब सिरिज 'पञ्चायत' र 'कोटा फ्याक्ट्री' लाई पछि पार्दै उक्त रेकर्ड राखेको हो।
यस शोको पहिलो सिजन करण जोहरले होस्ट गरेका थिए भने सलमान खानले दोस्रो सिजन होस्ट गरेका थिए। यसको दुवै सिजन भूटमा प्रसारण गरिएको थियो। तर तेस्रो सिजन पेड सब्सक्राइबर्सको लागि उपलब्ध गराइएको थियो। २९ भारूमा सब्सक्रिप्शन किन्दै दर्शकले शोको मज्जा लिएका छन्।