पछिल्लो समय बलिउड र दक्षिण भारतीय फिल्म क्षेत्र सहकार्य गर्दै अगाडि बढिरहेका छन्।
गतवर्ष शाहरूख खानको फिल्म 'जवान' मा यस्तै सहकार्य भएको थियो। यस फिल्मलाई दक्षिण भारतीय फिल्म क्षेत्रका निर्देशक एटली निर्देशन गरेका थिए।
फिल्मले विश्वभरबाट ११४८ करोड भारू कमाएको थियो। अब एटली सलमान खानसँग मिलेर फिल्म बनाउने तयारीमा छन्। फिल्ममा दक्षिण भारतीय सुपरस्टार रजनीकान्त पनि देखिने चर्चा छ।
भारतीय सञ्चारमाध्यम टिभी ९ हिन्दीका अनुसार एटली २ वर्षदेखि सलमानसँग फिल्मको लागि कुराकानी गरिरहेका थिए। अब सलमान यस फिल्मका लागि तयार भएका छन्।
हाल सलमान फिल्म 'सिकन्दर' को छायांकनमा व्यस्त छन्। यो फिल्मको छायांकन सकेपछि उनी एटलीको फिल्मको छायांकनमा लाग्नेछन्।