बलिउड अभिनेता कार्तिक आर्यन अभिनीत फिल्म 'चन्दु च्याम्पियन' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले सात दिनमा ४० करोड १३ लाख भारू कमाएको छ।
५ करोड ४० भारू ओपनिङ गरेको फिल्मले दोस्रो दिन ७ करोड ७० लाख, तेस्रो दिन ११ करोड १ लाख, चौथो दिन ६ करोड १ लाख, पाँचौं दिन ३ करोड ६ लाख, छैटौं दिन ३ करोड १ लाख र सातौं दिन ३ करोड १ लाख भारू कमाएको हो।
कबिर खानले निर्देशन गरेको फिल्ममा कार्तिकसँगै विजय राज, भुवन अरोडा र राजपाल यादवको मुख्य भूमिका छ।
यो एक स्पोर्ट्स ड्रामा फिल्म हो जसको कथा पैरालंपिक गोल्ड मेडलिस्ट मुरलीकान्त पेटकरको जीवनीमा आधारित छ। फिल्ममा कार्तिकले मुरलीकान्त पेटकरको भूमिका निर्वाह गरेका छन्।