भारतीय गायिका अल्का याग्निकले ८०/९० को दशकमा थुप्रै हिट गीत गाएकी छन्।
कतिपय उनका गीत आज पनि उतिकै चर्चित छन्। हालै उनलाई एक गम्भिर रोग लागेको खबर बाहिरिएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनलाई न्युरो रोग लागेको छ। यो रोगका कारण उनको सुन्ने क्षमता गुमेको छ।
उनले सामाजिक सञ्जालमा एउटा पोस्ट सेयर गर्दै आफूलाई लागेको रोगबारे बताएकी हुन्।
'म आफ्नो फ्यान, मित्र र शुभचिन्तकलाई भन्न चाहन्छु कि केही हप्ताअघि हवाई विमानबाट बाहिर आउँदा अचानक केही नसुनेको महसुस भयो। केही हप्ता चुप लागेर बसेपछि म यो कुरा भन्ने हिम्मत जुटाउँदैछु। डाक्टरलाई देखाउँदा भाइरल आक्रमणका कारण दुर्लभ सेन्सरी नभए हियरिङको समस्या देखिएको छ,' उनले लेखेकी छन्।
पोस्टमा उनले फ्यान तथा अन्य कलाकारहरूलाई चर्को स्वर बज्ने गीत संगीतबाट टाढा रहन सुझाव दिएकी छन्।