भारतीय कलाकारले कति पारिश्रमिक लिन्छन् भन्ने बारेमा दर्शकलाई चासो हुन सक्छ। कतिपय कलाकारहरू महँगो पारिश्रमिककै कारण पनि चर्चामा आइरहन्छन्।
हालै आइएमडिबीले १० महँगा भारतीय अभिनेताको सूची सार्वजनिक गरेको छ।
१. शाहरूख खान
अहिले महँगो पारिश्रमिक लिने अभिनेताको अग्रस्थानमा आउँछन् शाहरूख खान। उनी एक फिल्मको १५० देखि २५० करोड भारू पारिश्रमिक लिन्छन्। उनको गतवर्ष तीन फिल्म रिलिज भएका थिए- पठान, जवान र डंकी। यी तीनै फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो।
२. रजनीकान्त
दक्षिण भारतीय अभिनेता रजनीकान्त पनि महँगो पारिश्रमिक लिने अभिनेता हुन्। उनी एक फिल्मको लागि १५० देखि २१० करोड भारू पारिश्रमिक लिन्छन्। उनको पछिल्लो समय फिल्म 'जेलर' प्रदर्शन भएको थियो।
३. थलापति विजय
दक्षिण भारतीय अभिनेता थलापति विजय महँगो पारिश्रमिक लिने अभिनेताको सूचीमा तेस्रो नम्बरमा आउँछन्। उनी एक फिल्मको लागि १३० देखि २०० करोड भारू लिन्छन्।
४. प्रभास
दक्षिण भारतीय अभिनेता प्रभास पनि महँगो पारिश्रमिक लिने अभिनेता हुन्। उनी एक फिल्मको १०० देखि २०० करोड भारू पारिश्रमिक लिन्छन्।
५. आमिर खान
बलिउड अभिनेता आमिर खान महँगो पारिश्रमिक लिने अभिनेताको पाँचौं नम्बरमा आउँछन्। उनी एक फिल्मको लागि १०० देखि १७५ करोड भारू पारिश्रमिक लिन्छन्।
६. सलमान खान
बलिउड अभिनेता सलमान खान महँगो पारिश्रमिक लिने अभिनेताको छैटौं नम्बरमा पर्छन्। उनी एक फिल्मको १०० देखि १५० करोड भारू पारिश्रमिक लिन्छन्।
७. कमल हासन
दक्षिण भारतीय अभिनेता कमल हासन महँगो पारिश्रमिक लिने अभिनेताको सातौं नम्बरमा आउँछन्। उनी एक फिल्मको १०० देखि १५० करोड भारू पारिश्रमिक लिन्छन्।
८. अल्लु अर्जुन
दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन महँगो पारिश्रमिक लिने अभिनेताको आठौं नम्बरमा छन्। उनी एक फिल्मको १०० देखि १२५ करोड भारू पारिश्रमिक लिन्छन्।
९. अक्षय कुमार
अक्षय कुमार पछिल्लो समयको व्यस्त अभिनेता हुन्। उनी एक वर्षमै ४-५ वटा फिल्मको छायांकन सक्छन्। उनी एक फिल्मको ६० देखि १४५ करोड भारू पारिश्रमिक लिन्छन्।
१०. अजित कुमार
दक्षिण भारतीय अभिनेता अजित कुमार महँगो पारिश्रमिक लिने अभिनेताको दशौं नम्बरमा छन्। उनी एक फिल्मको १०५ करोड भारू पारिश्रमिक लिन्छन्।