बलिउड अभिनेता कार्तिक आर्यन अभिनीत फिल्म 'चन्दू च्याम्पियन' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार फिल्मले २ दिनमा ९ करोड ७ लाख भारू कमाएको छ।
५ करोड ४ भारू ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४ करोड ३ लाख भारू कमाएको हो।
यसअघि कार्तिक आर्यन अभिनीत फिल्म 'शहजादा' र 'सत्यप्रेमकी कथा' दुवैले ६ करोडमाथि ओपनिङ गरेका थियो।
'चन्दु च्याम्पियन' लाई कबिर खानले निर्देशन गरेका हुन्। यो एक स्पोर्ट्स ड्रामा फिल्म हो जसको कथा पैरालंपिक गोल्ड मेडलिस्ट मुरलीकान्त पेटकरको जीवनीमा आधारित छ। कार्तिकले यस फिल्ममा मुरलीकान्त पेटकरको भूमिका निर्वाह गरेका छन्।