बलिउड अभिनेता शाहरूख खानले आफ्नो करियरमा निकै फिल्म छाडेका छन्।
जसमध्ये अनिल कपूर अभिनीत फिल्म 'नायक' पनि हो। शाहरूखले यो फिल्म साइन गरेका थिए। तर पछि फिल्म अस्वीकार गरे।
भारतीय सञ्चारमाध्यम रेडिफलाई दिएको एक अन्तर्वार्तामाा शाहरूख आफैले उक्त कुराको खुलासा गरेका थिए। उनले शंकरको निर्देशनमा बनेको फिल्म 'नायक' साइन गरेका थिए। तर केही कारणले उक्त फिल्म खेल्न पाएनन्। शाहरूखले शंकरको फिल्म साइन गर्न १ रूपैयाँ मात्र लिएका थिए। बाँकी पैसा फिल्मको छायांकन सकिएपछि लिने सम्झौता भएको थियो।
'नायक' ले सिनेमा घरमा राम्रो कमाइ नगरे पनि टेलिभिजनमा आएपछि दर्शकले खुब रूचाएका थिए। यस फिल्मपछि अनिल कपूरको फिल्मी करियर अलगै उचाईमा पुगेको थियो।
यो फिल्म रिलिज भएको करिब २३ वर्ष पुगिसक्यो। नायक तमिल फिल्म 'मधुलवन' को हिन्दी रिमेक थियो। शाहरूखलाई तमिल फिल्म 'मधुलवन' एकदमै मन परेको थियो। त्यसैले उनले फिल्म छाडेको बताएका थिए।
'म हिन्दी संस्करणमा सहज महसुस गरिरहेको थिइनँ। मैले शंकरलाई तमिलमा पूरा दिन मुख्य मन्त्री बन्ने तरिका काम गर्याे तर उत्तर भारतमा यो ठूलो मुद्दा हो,' उनले भनेका थिए।