भोजपुरी अभिनेत्री अमृता पाण्डे मृत अवस्थामा फेला परेकी छन्।
शनिबार आदमपुर घाटस्थित दिव्यधाम अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन्। भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार उनी डिप्रेशनमा थिइन्। फिल्म निर्माता-निर्देशक चन्द्रमणिसँगको बैवाहिक सम्बन्धमा खटपट भएपछि उनी डिप्रेशनमा गएकी थिइन्।
उनी मृत भेटिएपछि स्थानीयले पुलिसलाई खबर गरेका थिए। पुलिसले गरेको सुरूवाती जाँच अनुसार उनले आत्महत्या गरेको खुलेको छ।
अमृता १८ अप्रिलमा आफ्नी बहिनीको विवाहमा सहभागी हुन् मुम्बईबाट भागलपुर पुगेकी थिइन्। विवाहमा उनी निकै खुशी देखिएकी थिइन्।
अमृताले मुम्बईमा फिल्म निर्माता चिन्तामणिसँग लिभ इन रिलेशनशिपमा बसेपछि कानुनी विवाह गरेकी थिइन्। तर केही समयपछि नै उनीहरूको सम्बन्धमा खटपट सुरू भएको थियो।