तमिल सुपरस्टार रजनीकान्तको १७१ औं फिल्म 'कुली' हालै धुमधामसँग घोषणा गरिएको थियो।
त्यस्तै अभिनेता कमल हासन दिल्लीमा 'ठग लाइफ' को छायांकन गरिरहेका छन्। कन्नड फिल्म क्षेत्रका अभिनेता शिव राजकुमार फिल्म 'उत्तरकान्डा' मा व्यस्त छन्। मलयालम अभिनेता मोहनलालले भर्खरै आफ्नो ३६० औं फिल्मको छायांकन सुरू गरेका छन्।
मलयालम अभिनेता मामुट्टीको फिल्म 'टर्बाे' जुनमा प्रदर्शन हुँदैछ। तेलुगु स्टार नन्दमुरी बालकृष्ण उर्फ बलाया 'एनबिके १०९' मा काम गरिरहेका छन्।
मेगास्टार चिरञ्जीवी पनि फिल्मको छायांकन गरिरहेका छन्। यी सबै कलाकार ६० वर्षभन्दा बढी उमेरका छन्। उनीहरू युवा कलाकारभन्दा राम्रो गरिरहेका छन्।
उनीहरू लामो समयदेखि फिल्म क्षेत्रमा काम गरिरहेका छन्। उनीहरू आफ्नो भूमिकालाई लिएर पनि त्यतिकै सजग छन्। त्यसैले उनीहरूको विरासतलाई यथावत छ।
दक्षिण भारतका पुराना कलाकारलाई दर्शकहरू अभिनय लिजेन्डको रूपमा हेर्छन्। कुनै फिल्ममा केमियो गरेका छन् भने पनि दर्शकहरू उनीहरूलाई निकै महत्वपूर्ण दिन्छन्।
यी कलाकारहरू विभिन्न विधामा काम गरिरहेका हुन्छन्। उनीहरूको फिल्मले बक्स अफिसमा तहल्का मच्चाइरहेको हुन्छ। ६० वर्ष काटेपनि उनीहरूको फिल्म क्षेत्रमा दबदबा देखिन्छ।