बलिउड अभिनेता शाहरूख खानको फिल्म 'जवान' ले बक्स अफिसमा विभिन्न रेकर्ड राखेको थियो। फिल्मलाई दर्शकले खुब रूचाएका थिए।
गतवर्ष शाहरूखले आफ्नै फिल्मको रेकर्ड तोडेका थिए। अब 'जवान' टोरस वर्ल्ड स्टन्ट अवार्डमा बेस्ट स्टन्ट अवार्डको लागि मनोनित भएको छ।
टोरस वर्ल्ड स्टन्ट अवार्ड स्टन्टको लागि अस्कर अवार्ड जस्तै मानिन्छ। यसमा 'जवान' सँगै 'जोन विक च्याप्टर ४', 'मिशनः इम्पोसिबल डेड रेककिङ', 'एक्सट्याक्सन २' र 'बैलेरिना' मनोनित भएका छन्।
'जवान' ले स्टन्टको लागि फिल्मफेयर अवार्ड सन् २०२४ र जिसिने अवार्ड २०२४ जितेको थियो। योसँगै 'जवान' ले दादा साहब फाल्के अवार्ड पनि जितेको थियो।
यो फिल्म सन् २०२३ मा आइएमडिबीको सबैभन्दा चर्चित भारतीय फिल्मको सूचीमा सामेल छ। यस फिल्मले ११५९ करोडमाथि कमाइ गरेको थियो।
एटलीले निर्देशन गरेको फिल्मलाई रेड चिलीज इन्टरटेनमेन्टले प्रस्तुत गरेको थियो। यो फिल्म सन् २०२३ सेक्टेम्बर ७ मा हिन्दी, तमिल र तेलुगु भाषामा रिलिज भएको थियो।
फिल्ममा अभिनेता शाहरूख खानसँगै नयनतारा, दीपिका पादुकोण, विजय सेतुपतिलगायत कलाकारको अभिनय छ।