दक्षिण भारतीय फिल्मले विश्वव्यापी रूपमा राम्रो व्यापार गरिरहेकाे छ।
दक्षिण भारतीय फिल्मसँगै कलाकारहरूको पनि उतिकै चर्चा छ। पछिल्लो समय दक्षिण भारतीय अभिनेत्रीहरूले पनि महंगो पारिश्रमिक लिन थालेका छन्।
महंगो पारिश्रमिक लिने दक्षिण भारतीय अभिनेत्रीहरू:
नयनतारा
नयनतारा दक्षिण भारतकी लेडी सुपरस्टारको रूपमा परिचित छिन्। उनी एक फिल्मको लागि निकै महंगो पारिश्रमिक लिन्छिन्। भारतीय मिडियाको रिपोर्टअनुसार उनी एक फिल्मको लागि १० करोड भारू पारिश्रमिक लिन्छिन्।
रश्मिका मन्दना
रश्मिका मन्दनालाई नेशनल क्रश पनि भनिन्छ। उनलाई २०२० मा गुगलले नेशनल क्रश घोषित गरेको थियो। उनी छोटो समयमै चर्चा पाउने अभिनेत्री पनि हुन्। उनै रश्मिका एक फिल्मबाट ३ करोड भारू लिन्छिन्।
पूजा हेगडे
महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पूजा हेगडे पनि पर्छिन्। उनी एक फिल्मबाट ५ करोड भारू लिन्छिन्।
सामान्था रुथ प्रभु
सामान्था एक फिल्मबाट ३ देखि ५ करोड भारू पारिश्रमिक लिन्छिन्। उनले 'पुष्पा' को एउटा आइटम गीतको लागि ५ करोड भारू लिएको चर्चा छ।
(बलिउड लाइफको सहयोगमा तयार पारिएको)