सन् २००६ मा आएको फिल्म 'रंग दे बसन्ती' मा अभिनेता आमिर खानले मुख्य भूमिका निर्वाह गरेका थिए।
देश प्रेम र राजनीति मिसिएको फिल्मलाई दर्शकले खुब रूचाए। यो फिल्म अहिले पनि दर्शकको रोजाइमा पर्दछ। फिल्ममा आमिरले पञ्जाबी युवाको भूमिकामा अभिनय गरेका छन्। यो आमिरको करियरको राम्रो फिल्मको गिन्तीमा आउँछ।
यो फिल्मको मुख्य पात्र बनेका आमिर भने निर्देशकको पहिलो छनोट थिएनन्। फिल्मका निर्देशक राकेश ओमप्रकाश मेहराले अभिनेता शाहिद कपूरलाई रूचाएका थिए। भारतीय सञ्चारमाध्य बलिउड लाइफका अनुसार उनले शाहिदलाई फिल्मको लागि प्रस्ताव गरे। तर शाहिदले फिल्म अस्वीकार गरेका थिए।
शाहिदले एक अन्तर्वार्तामा आफूले 'रंग दे बसन्ती' को प्रस्ताव अस्वीकार गरेको बताएका हुन्। 'रंग दे बसन्ती' को अफर आउँदा शाहिदले थुप्रै फिल्म साइन गरेका थिए। समय नमिल्ने भएपछि उनले फिल्मको प्रस्ताव अस्वीकार गरेका थिए।
यसपछि राकेशले आमिरलाई फिल्म प्रस्ताव गरेका थिए।
यतिबेला शाहिद अभिनीत फिल्म 'तेरी बातों में ऐसा उलझा जिया' प्रदर्शन भइरहेको छ।