बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंह आमाबुवा बन्न लागेको चर्चा छ।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार दीपिका गर्भवती भएको ४ महिनाभन्दा बढी भइसकेको छ।
उनी हालै लण्डनमा आयोजित ७७ औं बाफ्टा अवार्ड समारोहमा पुगेकी थिइन्। त्यहाँ उनले सारीले पेट लुकाउने प्रयास गरिरहेकी थिइन्। यसैबीच दीपिका गर्भवती भएको चर्चा चलेको हो। यस बारेमा दीपिका र रणवीरले आधिकारिक जानकारी दिएका छैनन्।
दीपिका र रणवीरको नजिकका साथीले दीपिका गर्भवती रहेको खबर पुष्टि गरेका छन्। उनले द विक पत्रिकालाई अन्तरवार्ता दिदै दीपिका गर्भवती भएको पुष्टि गरेका हुन्।
दीपिका र रणवीरले सन् २०१८ मा विवाह गरेका थिए। उनीहरूको पहिलो भेट फिल्म 'गोलियों की रासलीलाः रामलीला' को सेटमा भएको थियो।
दीपिका र रणवीरले 'रामलीला' बाहेक 'पद्मावत', 'बाजीराव मस्तानी' र '८३' मा सँगै काम गरिसकेका छन्। रणवीरको फिल्म 'सर्कस' मा दीपिकाले क्यामियो गरेकी थिइन्।