बलिउड अभिनेता ऋतिक रोशन घाइते भएका छन्।
मांसपेशी तानिएको कारण उनी घाइते भएका हुन्। बुधबार इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै उनले आफू घाइते भएको जानकारी दिएका छन्।
उक्त तस्बिरमा उनी वैशाखी टेकेर ऐनाको अगाडि उभिएका छन्। ऋतिकले लामो स्टाटस पनि लेखेका छन्।
'तपाईहरू कतिपयलाई कहिलेकाहीँ वैशाखी या व्हिलचेयरको आवश्यकता पर्याे होला र तपाईहरूलाई कस्तो महसुस भयो होला? मलाई याद छ मेरो हजुरबुबाले एकपटक विमानस्थलमा व्हिलचेयरमा बस्न अस्वीकार गर्नु भएको थियो। उहाँलाई आफू स्वस्थ छु भनेर देखाउनु थियो। मलाई त्यतिबेला निकै दुख लागेको थियो आफू स्वस्थ छु भनेर देखाउन आफ्नो कति पीडा लकाउनु पर्छ। मलाई लाग्छ कि आराम गर्याे भने तागत मिल्छ,' उनले लेखेका छन्।
यतिबेला ऋतिक रोशन अभिनीत फिल्म 'फाइटर' प्रदर्शन भइरहेको छ। फिल्मले सकारात्मक प्रतिक्रिया पाइरहेको छ। सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा ऋतिकसँगै दीपिका पादुकोण र अनिल कपूरको मुख्य भूमिका छ।